
जर्मनी, जर्मनीमा कोरोना महामारीको जोखिमलाई ध्यानमा राख्दै लकडाउनको समयावधि थप गरेको छ । हाल जर्मनीमा लगाइएको लकडाउनको अवधि आगामी मार्च ७ तारिखसम्म पुर्याउने जर्मन सरकारले निर्णय गरेको हो ।
जर्मन चान्सलर एन्जेला मर्केल र १६ ओटा संघीय नेताहरुले लकडाउन लम्ब्याउने विषयमा सहमति जनाएका थिए । कोरोना भाइरसको नयाँ स्वरुपको प्रजाति पनि पाइएको छ । यसकारण जर्मनीमा लकडाउनलाई निरन्तरता दिने निर्णय उक्त सरकारले गरेको छ ।
उनीहरुको सहमतिलगत्तै सरकारले जर्मनमा हाल कायम रहेको लकडाउनको अवस्थालाई आगामी मार्च महिनाको ७ तारिखसम्मका लागि लम्ब्याएको जानकारी गराएका हुन् ।
जर्मनीका प्रायः सबैजसो स्थानमा प्रतिबन्धसहितका केही प्रावधानहरु राखेर लकडाउन जारी रहेको थियो । लकडाउनको अवधि यहीँँ फेब्रुवरी १४ सम्मका लागि पनि यसअघि कायम गरिएको थियो ।
सो अवधि सकिनु चार दिन अगावै जर्मनी सरकार लकडाउनको अवधि लम्ब्याउने निर्णयमा पुगेको बताइएको हो । जर्मनीमा देशभरि नै नभएर आंशिक रुपमा लकडाउन गरिएको छ ।एजेन्सी






