February 27, 2021, Saturday
२०७७ फाल्गुन १५, शनिबार

मलेसियामा विदेशी नागरिकलाई पनि नि:शुल्क कोरोना खोप दिइने 

  • 1
    Share

क्वालालम्पुर, मलेसियामा बसोबास गर्ने विदेशी नागरिकलाई पनि नि:शुल्क कोरोना खोप दिइने भएको छ । मलेसिया सरकारको मन्त्रिपरिषद्ले त्यहाँ बसोबास गर्ने विदेशी नागरिकलाई राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत कोरोनाविरुद्धको भ्याक्सिन नि:शुल्क दिने निर्णय गरेको हो ।

जसमा मलेसियामा बसोबास गरिरहेका कूटनीतिज्ञहरू, प्रवासीहरू, विद्यार्थीहरू, वैवाहिक जीवनसाथी र केटाकेटीहरू, विदेशी कामदारहरूको साथ साथै युएनएचसिआर कार्डवालाहरू पनि समावेश हुनेछन् ।

स्वास्थ्यमन्त्री दातुक श्री डा. आदम बाबा र विज्ञान तथा प्रविधि मन्त्री खैरी जमालुद्दीनको अध्यक्षतामा रहेको विशेष खोप आपूर्ति पहुँच ग्यारेन्टी कमेटी (जेकेजेएवी) ले संयुक्त विज्ञप्ति जारी गर्दै  मन्त्रिपरिषद्ले उक्त निर्णयमा सहमति जनाएको बताएको छ ।

उनीहरूले राष्ट्रिय कोभिड-१९ खोप कार्यक्रमको बिषयवस्तुमा भनेका छन्, “आफूलाई जोगाउनुहोस्, सबैलाई जोगाउनुहोस्” सरकारले धेरै कारणहरूलाई ध्यानमा राखेर विदेशीहरूलाई नि: शुल्क खोप दिने प्रस्ताव राखेको छ ।”

शीर्ष समाचार

धेरै पढिएको