March 7, 2021, Sunday
२०७७ फाल्गुन २४, सोमबार

म्यानमारमा “कु” गर्ने सैनिकमाथि अमेरिकी राष्ट्रपति बाइडेनद्वारा प्रतिबन्ध

  • 9
    Shares

वासिङ्टन, अमेरिकी राष्ट्रपति जो बाइडनले म्यानमारमा कू गर्ने सैनिक नेताहरूमाथि प्रतिबन्ध लगाउने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।

प्रतिबन्ध सैनिक नेताहरू र उनीहरूका परिवारका सदस्य र सेनासँग सम्बद्ध व्यापार-व्यवसायप्रति लक्षित हुने बताइएको छ ।

राष्ट्रपति बाइडेनले बुधवार कार्यकारी आदेशलाई स्वीकार गरि म्यानमारमा प्रतिबन्ध लगाउने घोषणा गरेका हुन् ।

उनले भने, “हामी यस हप्ताको पहिलो चरणको लक्ष्यहरू पहिचान गर्नेछौं, र हामी पनि कडा निर्यात नियन्त्रणहरू थप्ने छौं ।

अमेरिकामा रहेको एक अर्ब डलर बराबरको सरकारी कोषमा सेनाको पहुँच रोक्ने सम्बन्धमा पनि काम अघि बढाइएको छ ।

सैनिक कू विरुद्ध भएका प्रदर्शनका क्रममा गोली लागेर घाइते भएकी महिला राजधानी नापित्व‌स्थित एक अस्पतालमा मृत्युसँग सङ्घर्ष गरिरहेका बेला अमेरिकाले पछिल्लो कदम चालेको हो ।

प्रदर्शनकारीहरूलाई तितर बितर पार्न सुरक्षाकर्मीले पानीको फोहरा, रबरको गोली तथा ताकेरै गोली प्रहार गरेका छन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको