March 2, 2021, Tuesday
२०७७ फाल्गुन १८, मंगलवार

कोरोनाविरुद्धको दुबै मात्रा खोप लगाएहरु क्वारेन्टिन बस्न नपर्ने 

  • 5
    Shares

काठमाडौं, कोरोना भाइरसविरुद्धको खोपका दुबै मात्रा लिएका व्यक्तिहरुले अनिवार्य क्वारेन्टिन बस्न नपर्ने अमेरिकी स्वास्थ्य सम्बन्धी नियामक निकायले जनाएको छ ।


अमेरिकाको रोग रोकथाम तथा नियन्त्रण केन्द्र ‘सीडीसी’ले फाइजर बायोनटेक वा मोडर्ना खोपको दुवै मात्रा पूरा गरेको दुई सातापछि संक्रमितको सम्पर्कमा पुगे पनि क्वारेन्टिनमा बस्न नपर्ने जनाएको हो ।

खोपको दोश्रो मात्रा लिएको चौध दिनमा पूर्णरुपमा रोग प्रतिरोधी क्षमता बन्ने भएकाले यो अवधि पूरा गरेकालाई खोप पूरा गरेका मानिने सीडीसीले जनाएको छ ।

अन्य स्वास्थ्य सुरक्षा सावधानी जरुरी भएपनि संक्रमितको सम्पर्कमा आउने वित्तिकै क्वारेन्टिन बसिहाल्नु नपर्ने बताइएको छ । कोरोनाविरुद्धको खोपले कहिलेसम्म सुरक्षित बनाउँछ भन्ने अझै स्पष्ट छैन । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको