February 25, 2021, Thursday
२०७७ फाल्गुन १३, बिहीबार

प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरेपछि म्यानमारमा प्रदर्शन थप हिंसात्मक 

  • 11
    Shares

म्यानमार, सेनाले पुनः शासन सत्ता हातमा लिएपछि म्यानमारमा राजनीतिक संकट झनै गहिरिँदै गएको छ । निषेधाज्ञा तथस बन्दाबन्दीको उल्लघंन गर्दै सैन्य “कू” को विरोधमा हजारौं नागरिक सडकमा उत्रिएपछि संकट थप गहिरिएको हो ।

म्यानमारमा भैरहेको प्रदर्शनमा उत्रिएका प्रदर्शकारीमाथि प्रहरीले आफ्नो बल प्रयोग गरेपछि प्रदर्शन हिंसात्मक बन्ने अनुमान गरिएको छ ।

प्रहरीले राधानी नेदिपअमा प्रदर्शनमा सहभागी भएकाहरुमाथि रबरको गोलीसमेत प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ।

प्रदर्शनमा सेनाले प्रतिबन्ध लगाएको भए पनि हजारौँ नागरिक त्यसको अवज्ञा गरि प्रदर्शनमा सहभागी भएका छन् ।

प्रदर्शनकारीमाथि प्रहरीले रबरको गोलीसँग पानीको फोहोरा तथा अश्रु ग्यास पनि प्रहार गरेको छ । प्रहरीको कुटाइबाट प्रदर्शनकारी घाइते हुन थालेका छन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको