रूसको एक आवासीय भवनमा आगलागी हुँदा कम्तिमा पाँचको मृत्यु

मस्को, रूसको कोमी क्षेत्रको एक आवासीय भवनमा आगलागी हुँदा कम्तिमा पाँच जनाको मृत्यु भएको छ ।रुसको स्थानीय सञ्चारमाध्यमका अनुसार कोमी राज्यको राजधानीमा आगलागी भएको हो ।
आगलागीपछि घटनास्थलमा उद्धारकर्मी पुग्दा कम्तिमा पाँच जनाको मृत्यु भइसकेको थियो ।सो आगलागीमा परी मृत्यु हुने सबै वयस्क रूसी नागरिक रहेका अधिकारीहरुले जनाएका छन् ।
प्राप्त जानकारी अनुसार स्थानीय समय अनुसार मङ्गलबार ६ बजेसम्ममा आगलागी नियन्त्रणमा आइसकेको छ । आगलागीका कारण केही व्यक्ति घाइते भएका छन् भने आगलागीले उक्त निजी आवासीय भवनको ४९ वर्गमिटर क्षेत्रमा क्षति पुगेको छ । एजेन्सी
प्रतिकृया दिनुहोस्