March 3, 2021, Wednesday
२०७७ फाल्गुन १९, बुधबार

हृदयघातका कारण बलिउड अभिनेता राजिव कपुरको निधन 

  • 6
    Shares

नयाँदिल्ली, बलिउड अभिनेता राजिव कपुरको ५८ वर्षका उमेरमा निधन भएको छ । हृदयघातका कारण मंगलबार अस्पताल लगिएका उनको उपचारकै क्रममा निधन भएको हो ।

राम तेरी गंगा मैली’ स्टारर राजिव बलिउड अभिनेताहरूऋषि कपुर र रणधीर कपुरका कान्छा भाइ हुन् । ऋषिकी पत्नी नीतुले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत राजिवको निधन भएको पुष्टि गरेकी छिन् ।

रणधीर अहिले भाइलाई राखिएको मुम्बईस्थित चेम्बर अस्पतालमै छन् । मेरो कान्छो भाइलाई गुमाउँदा निकै मर्माहत छु । डाक्टरले उनलाई बचाउन सक्दो प्रयास गरे, द टाइम्स अफ इन्डियाले उनको भनाइ उद्धृत गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको