March 6, 2021, Saturday
२०७७ फाल्गुन २३, आईतवार

इरानमाथि लगाएको प्रतिबन्ध नहटाउने अमेरिकाको दाबी

  • 6
    Shares

वासिङ्टन, अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्ध नहटाउने जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिका इरानमाथिको कुनै पनि प्रतिबन्ध हटाउन तयार नरहेको बताएका हुन् ।


इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीले आणविक सम्झौता पालनाका लागि प्रतिबन्ध हटाउनुपर्ने सर्त राखेपछि बाइडेनको पछिल्लो  प्रतिक्रिया यस्तो आएको हो ।

इरानले भने अमेरिकाले लगाएका सबै प्रतिबन्धहरू प्रभावकारीरूपमा हटेको पाइएमा इरानले आफूसहित विश्वका शक्ति राष्ट्रहरूबीच भएको आणविक सम्झौतालाई मान्ने बाध्य हुने बताउँदै आएको छ ।

युरोपेली युनियनका राष्ट्रहरुले पनि सन २०१५ को आणविक सम्झौता पूर्ण पालना गर्न इरानलाई दवाब दिँदै आएका छन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको