February 25, 2021, Thursday
२०७७ फाल्गुन १३, बिहीबार

उत्तराखण्डमा हिमनदी फुटेपछि बाढी: ८ जनाको मृत्यु, खोजी तथा उद्धारकार्य जारी 

  • 12
    Shares

उत्तराखण्ड, भारतको उत्तराखण्डमा आइतबार हिमनदी फुटेर गएको बाढीमा बेपत्ता भएका श्रमिकहरुको खोजी तथा उद्धारकार्य जारी रहेको छ ।


उत्तराखण्डको जोशीमठमा अलकनन्दा हिमनदी फुटेर धौलीगंगा नदीमा मिसिँदा आएको बाढिमा परेर हालसम्म ८ जनाको मृत्यु भएको बीबीसीले जनाएको  छ । उक्त बाढीले बगाएर झण्डै १ सय २५ जना बेपत्ता भएका छन् ।

चमोली जिल्लाको हिमनदी फुटेर स्थानीय ऋषिगंगा जलविद्युत आयोजनाको बाँध बगाउँदा वरपरको बस्ती जोखिममा परेको छ ।

जलविद्युत आयोजनाको सुरुङमा काम गरिरहेका मजदुरहरु हिमनदी फुटेर आएको बाढीमा परेर बेपत्ता भएका हुन् । बाढीले तपोवन बाँधमा पनि ठूलो क्षति पुर्‍याएको छ ।

बाँध नजिकको सुरुङमा मानिसहरु फसेको आशंका रहेकाले उद्धार तथा खोजीको काम भइरहेको छ । सुरुङमा फसेका १६ जनाको जिवितै उद्धार गरिएको छ । हिमताल फुटेपछि नदीमा आएको बाढी विभिन्न गाउँमा पसी घरहरूमा क्षति गरेको छ ।

उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले सुरक्षाकर्मीहरुले रातभर उद्दारको काम जारी राखेको जानकारी दिएका छन् । उनका अनुसार उद्दारमा भारतीय सेना पनि खटिएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको