भारतको उत्तराखण्डमा हिमताल फुट्दा कम्तीमा १५० व्यक्ति बेपत्ता

उत्तराखण्ड, भारतको उत्तराखण्ड राज्यमा एक हिमताल फुट्दा दर्जनौं ब्यक्ति बेपत्ता भएका छन् । आइतबार हिमताल फुटेपछि गएको बाढीले बाँध फुट्दा कम्तीमा १५० व्यक्ति बेपत्ता भएको जनाइएको छ ।
उत्तराखण्डको चमोली जिल्ला भएर बग्ने धौलीगंगा नदीमा बाढी आएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छ ।
ऋषिगंगा जनविद्युत आयोजनाको डयाममा कार्यरत करिब ५० जना ब्यक्ति बेपत्ता भएको उत्तराखण्डका प्रहरी प्रमुख अशोककुमारले बीबीसीसँगको कुराकानीमा जानकारी दिएका छन् । सो क्षेत्रबाट केही कामदारलाई उद्धार गरिएको उनले बताएका छन् ।
चमोलीदेखि हरिद्वारसम्मका नदी तटीय क्षेत्रका गाउँबाट सर्वसाधारण खाली गराइएको छ भने चमोली जिल्लामा उद्धारकर्मी तथा सेना परिचालन गरिएको छ ।एजेन्सी
प्रतिकृया दिनुहोस्