April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार

चीनसँगको सहयोगलाई सबल पार्न अमेरिका तयार भएको राष्ट्रपति बाइडेनको सङ्केत

काठमाडौं, अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्वका प्रमुख अर्थतन्त्रहरूबीच सहकार्य हुनु विश्वको आर्थिक वृद्धिका लागि महत्तवपूर्ण रहेको बताएका छन् ।

राष्ट्रपतिमा निर्वाचित भएको एक महिनापछि विश्व कूटनीतिबारेको पहिलो सम्बोधनका क्रममा बाइडेनले चीनसँगको सहयोगलाई सबल पार्न अमेरिका तयार भएको सङ्केत गरेका छन् ।

गत चार वर्षमा अमेरिकी केही कूटनीतिज्ञले चीन-अमेरिकाका लागि ‘सबैभन्दा ठूलो खतरा’ भएको ठहर गर्दै अख्तियार गरेको विदेश नीतिका कारण चीन- अमेरिकाबीचको सम्बन्धमा थप तनाव देखिएको थियो ।

ट्रम्प प्रशासनले ल्याएको चीनविरोधी कडा धारका कारण चिनियाँ व्यवसायको विकासमा समस्या आएको समय नवनिर्वाचित नेतृत्वबाट विश्वका प्रमुख अर्थतन्त्रबीचको सहकार्यलाई दिएको महत्त्वले विश्वको अर्थतन्त्रमा समेत सुधारको आशा जगाएको छ ।

अमेरिकीहरूले गएको चार वर्षमा चीनको केन्द्रीय हित र मुख्य चासोका मामिलामा समेत हस्तक्षेप गरेका कारण दुई देश बीचको रणनीतिक विश्वासलाई गम्भीर मोडमा पुर्याएको चीनको बुझाइ रहेको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको