March 7, 2021, Sunday
२०७७ फाल्गुन २४, सोमबार

अफगानिस्तानमा हवाई आक्रमणमा परी १८ तालिबान लडाकू मारिए

  • 46
    Shares

जलालाबाद, अफगानिस्तान,माघ २४ गते – अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा तालिबान लडाकू समूहका आखाडालक्षित अफगान हवाइ बलको आक्रमणमा परी कम्तीमा १८ तालिबान लडाकू समूहका सदस्यहरु मारिएका स्थानीय सरकारले शनिबार पुष्टि गरेको छ ।

नान्गार्हार प्रान्तको पश्चिम भागमा रहेको शिर्जाद जिल्लाको पहाडी इलाकामा हवाई आक्रमण भएको सरकारी निकायद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । मारिएका ती तालिबान लडाकूमा १० जना रेड युनिटका सदस्य अर्थात् विशेष लडाकू रेजिमेन्टका सदस्य थिए । मारिएका यी सदस्यमा विभागीय तालिबान लडाकू समूहका सेनापति खालिद पनि रहेका जारी विज्ञप्तिमा जनाइएको छ ।

रेड युनिटका १० जना लडाकू पनि घाइते भएकाे जनाइएको छ । आफ्नो स्थिति सुदृढ पार्ने प्रयास गरिरहेका तालिबानी आतंककारीहरूको विरुद्ध अफगान सुरक्षा बलले आक्रमणलाई अझ तीव्र पारेको छ ।

शीर्ष समाचार

धेरै पढिएको