March 3, 2021, Wednesday
२०७७ फाल्गुन १९, बुधबार

अफगानिस्तानमा हवाइ आक्रमणमा परी कम्तीमा १८ तालिबान लडाकू मारिए

  • 9
    Shares

नान्गार्हार, अफगानिस्तानको पूर्वी त्व्व्त्त्वप्रान्त नान्गार्हारमा तालिबान लडाकू समूहका आखाडालक्षित अफगान हवाइ बलको आक्रमणमा परी कम्तीमा १८ तालिबान लडाकू समूहका सदस्यहरु मारिएका स्थानीय सरकारले शनिबार पुष्टि गरेको छ ।

नान्गार्हार प्रान्तको पश्चिम भागमा रहेको शिर्जाद जिल्लाको पहाडी इलाकामा हवाई आक्रमण भएको सरकारी निकायद्धारा जारी एक विज्ञप्तिमा जनाइएको छ । मारिएका ती तालिबान लडाकूमा १० जना रेड युनिटका सदस्य अर्थात विशेष लडाकू रेजिमेन्टका सदस्य थिए ।

मारिएका यी सदस्यमा विभागीय तालिबान लडाकू समूहका सेनापति खालिद पनि रहेका जारी विज्ञप्तिमा जनाइएको छ । रेड युनिटका १० जना लडाकू पनि घाइते भएका पनि जनाइएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको