डब्लुटीओको आगामी कार्यकालको नेतृत्व पहिलो पटक अफ्रिकी महिलाले गर्ने

काठमाडौं, व्यापार संगठन ‘डब्लुटीओ’को आगामी कार्यकालको नेतृत्व पहिलो पटक अफ्रिकी महिलाले गर्ने पक्का भएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले नाइजेरियाकी पूर्व अर्थमन्त्री डा. नगोजी ओकोनिजो लवालालाई कडा रुपमा समर्थन गरेपछि यो सम्भव भएको हो ।
यसअघि पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पको प्रशासनले दक्षिण कोरियाकी यो माइयुङ हिलाई समर्थन गरेका थिए ।
राष्ट्रपति बाइडनले नाइजेरियाकी लवालालाई समर्थन गरेसँगै दक्षिण कोरियाकी योले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
योको उम्मेदवारी फिर्तासँगै विश्व व्यापार संगठनको प्रमुखमा पहिलो पटक अफ्रिकी महिला नाइजेरियाकी डा. नगोजी ओकोनिजो लवाला नेतृत्व सुनिश्चित भएको हो । एजेन्सी
प्रतिकृया दिनुहोस्