म्यानमार सैनिक “कु”: नेतृ सुकिको दलले निर्वाचनमा ल्याएको ८३ प्रतिशत मत बदर

म्यानमार, म्यानमारमा गत सोमबाट सैनिकले सत्ता आफ्नो हातमा लिएपछि आङ सान सुकिको दलले निर्वाचनमा प्राप्त गरेको ८३ प्रतिशत मत बदर गरिएको छ ।
म्यानमारको सैनिक सरकारले नयाँ निर्वाचन आयोग बनाएसँगै दलको चुनावी परिणाम पनि अमान्य घोषित गरिएको हो । त्यहाँको स्थानीय सञ्चारमाध्यमका अनुसार चुनावमा धाँधली भएको आरोप लगाइरहेको सैनिक सरकारले अब त्यसको छानबिन गर्ने भएको छ भने ल फेसबुकपछि म्यानमारको सैनिक सरकारले इन्स्टाग्राम र ट्विटर पनि बन्द गराएको छ ।
शुक्रबार रातिबाट इन्स्टाग्राम र ट्विटरबाट पनि त्यहाँका नागिरक वञ्चित भएका छन् । म्यानमारमा टीभी, रेडियो, पत्रिका भने पहिलेदेखि नै बन्द छन् ।एजेन्सी
प्रतिकृया दिनुहोस्