
ओयो, नाइजेरियाको दक्षिणपश्चिमी राज्य ओयोमा बुधबार भएको एक सडक दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ भने ४३ जना घाइते भएका छन् ।
उक्त दुर्घटना ओयो ओग्बोमोशो राजमार्गमा भएको
सरकारी निकायले बिहीबार जानकारी दिएको छ । मानिस र जनावर बोकेको एक ट्रक सडकबाट खाडलमा खसेपछि सो दुर्घटना भएको थियो ।
सो दुर्घटनामा कम्तीमा १४ जनालाई सकुशल उद्धार गरिएको छ । प्रहरीले दुर्घटनाको बारेमा थप अनुसन्धान सुरु गरेको जनाइएको छ । एजेन्सी






