
युएई, संयुक्त अरब इमिरेट्स ‘युएई’ ले विदेशी नागरिकलाई पनि नागरिकता दिने कानून ल्याउने भएको छ । युएईको विकास यात्रामा आकर्षित गर्न यस्तो कानुन ल्याउन लागिएको हो ।
खाडीका देशका लागि योगदान दिन अझै उत्कृष्ट कार्य गर्न सकुन् भन्ने उदेश्यले नागरिकता दिने कानून ल्याउने जनाएको छ ।
यूएईका उपराष्ट्रपति तथा दुबईका शासक शेख मोहम्मद बिन रशीद अल मकतुमका अनुसार नागरिक बन्ने योग्यता राख्ने सक्षम विदेशी व्यक्तिको सुचिमा लगानीकर्ता, चिकित्सक, ईन्जिनियर, कलाकारहरुलाई राखिएको छ ।
नागरिकता पाउन योग्य विदेशी तथा उनको परिवारका सदस्यले दोहोरो नागरिकता राख्न सक्ने गरि यस्तो योजना बनाएको उनले बताए । एजेन्सी






