
नान्गहर, अफगानिस्तानको पूर्वी भाग नान्गहरमा रहेको सैन्य क्याम्पमा शनिबार आत्मघाती बम आक्रमण हुँदा कम्तीमा आठ सुरक्षा अधिकारी मारिएका छन् ।
तालिबान लडाकू समूहले विस्फोटनपदार्थले भरिएको गाडी उक्त शिविरभित्र लगेर विस्फोट गराएका थिए ।
तालिबानी प्रवक्ता जबिहुल्लाह मुजाहिदले तालिबान लडाकू समूहले यो आक्रमण गरेको बताएका छन् ।
प्रायः अशान्त नै भइरहने नान्गहर प्रान्तमा शनिबार बिहान सबेरै उक्त आक्रमण भएको बताइएको छ । सो प्रान्तमा यसअघि पनि तालिबान लडाकू समूहले सरकारी सेनालक्षित बारम्बार घातक हमला गर्दै आएका छन् ।
गत वर्ष वासिङ्टनसँग गरेको सम्झौता अनुरुप प्रतिवद्धता तालिबानले कुनै काम नगरेको पेन्टागनका भनाइबीच यो आक्रमण भएको छ ।एजेन्सी






