
लन्डन, बेलायतमा एकैदिन २९ हजार भन्दा बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नयाँ प्रकारको कोरोना भाइरस फैलिएसँगै बेलायतमा संक्रमितको संख्या बढदो क्रममा रहेको बताइएको छ ।
नयाँ संक्रमितसँगै बेलायतमा कोरोना संक्रमितको संख्या ३७ लाख ७२ हजार ८ सय नाघेको छ । कोरोनाका कारण पछिल्लो २४ घण्टाभित्र थप १ हजार २ सय ४५ जनाको मृत्यु भएको छ ।
एक हप्तामा बेलायतमा ७ हजार ७ सय ६६ जनाको कोरोनाबाट मृत्यु भएको छ । बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयरले अस्पताल भर्ना हुने विरामीको संख्या भने घटेको जनाएको छ ।
अहिले बेलायतका अस्पतालमा ३५ हजार संक्रमितको उपचार भैरहेको छ । तिमध्ये चार हजार भेन्टिलेटरमा रहेका छन । कोरोनाका कारण हालसम्म बेलायतमा एक लाख चार हजार भन्दा बढीको मृत्यु भैसकेको छ ।एजेन्सी






