
बेइजिङ, चिनियाँ कम्युनिष्ट पार्टीका एक वरिष्ठ नेता घुसकाण्डमा पक्राउ परेका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टीको हेनान प्रान्तको प्रान्तीय किमिटीका पूर्व उपाध्यक्ष समेत रहेका वाङ योङलाई घुस लिएको आरोपमा पक्राउ गरिएको चिनियाँ सञ्चारमाध्यमले जनाएको छ । वाङलाई चिनियाँ सर्वोच्च जनपरिषदले पक्राउ गर्ने निर्णय गरेको थियो ।
राष्ट्रिय निरीक्षण आयोगले गरेको अनुसन्धानबाट वाङ घूसखोरीमा संलग्न रहेको सम्भावना देखिएको जनाउँदै फौजदारी अनुसन्धान गर्न र अन्य आवश्यक कारबाही गर्न सिफारिस गरेको थियो ।
चिनियाँ कम्युनिष्ट पार्टीको राजनीतिक परामर्श समितिका सदस्य समेत रहेका वाङलाई पार्टीको नीति र नियम उल्लंघन गरेको आरोपमा पार्टीबाट निष्कासन गरिएको छ ।एजेन्सी






