
काठमाडौं, विश्वभर कोरोना संक्रमितको संख्या १० करोड ८ लाख ७ हजार नाघेको छ । हालसम्म कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या २१ लाख ६५ हजार बढी रहेको छ ।
यस्तै पछिल्लो जानकारी अनुसार हालसम्म ७ करोड २८ लाख १६ हजारभन्दा धेरै संक्रमित निको भएका छन । विश्वमा हालसम्म सक्रिय संक्रमितको संख्या २ करोड ५८ लाख २४ हजार बढी रहेका छन । जसमध्ये १ लाख १० हजार बढीको स्वास्थ्यअवस्था गम्भीर छ ।
त्यस्तै २ करोड ५७ लाख १६ हजार बढीको स्वास्थ्य अवस्था समान्य रहेको छ । कोरोना संक्रमणबाट सवैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा हालसम्म ४ लाख ३५ हजार ३ सय भन्दा धेरैको मृत्यु भएको छ ।एजेन्सी






