
क्वालालम्पुर, मलेसियामा कोरोना संक्रमण दिनप्रतिदिन भयावह बन्दै गैइरहेको देखिन्छ ।
दैनिक ५,६ जना मानिसको कोरोना संक्रमणबाट मृत्यु भैईरहेको मलेसियन स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ ।
सोमबार मलेसियामा एकैदिनमा मृत्यु हुनेको संख्या ११ जना रहेको थियो भने जम्मा मृत्यु हुनेको संख्या अहिलेसम्म ६८९ जना पुगेको छ । हाल मलेसियामा संक्रमितको संख्या १ लाख ८६ हजार ८४९ पुगेको छ ।
कोरोना जोखिमलाई मध्यनजर गरेर मलेसिया सरकारले आवागमन नियन्त्रण आदेश (एमसिओ) फेब्रुअरी ४ तारिख सम्मको बढाइएको भए तापनि,
कोरोनाको संक्रमण कम नभए पश्चात् कुनैपनी बेला पुरै देशनै लकडाउन गर्न सकिने बताएको छ ।
सरकारको वरिष्ठ रक्षामन्त्री इस्माईल साब्री याकोबले एक पत्रकार सम्मेलनमा बोल्दै भने , “यदि कोरोना संक्रमण यस्तै लगातार क्रमश बढ्दै जाने हो भने हामी देशैभरी कडा लकडाउन गर्न बाध्य हुन्छौं । साथै आर्थिक ब्यापारिक क्षेत्रहरु, कम्पनी , बिधालय लगायत सबै बन्द गर्न सक्ने गरि सरकारले तयारी थालेको बताउनुभयो।”






