May 6, 2021, Thursday
२०७८ बैशाख २३, बिहीबार

चिनद्वारा पुर्वी लद्दाखमा सैनिक संख्या वृद्धि

काठमाडौं, भारत र चीनबीच सीमामा चलिरहेको विवाद समाधान हुने कुनै लक्षण देखिएको छैन । आइतवार सैन्य कमान्डर स्तरको वार्ता परिणाममुखी रहन सकेन । 

चिनियाँ सेना वास्तविक नियन्त्रण रेखा नजिक तनावग्रस्त क्षेत्रमा संख्या बढाउन थालेको छ । चार महिनाअघि यी दुई देशले तनाव भएका मोर्चामा सैन्य संख्या नबढाउने भनेका थिए तर चीनले अटेरी गरेको भारतको भनाइ छ । 

छैटौं चरणको वार्तापछि संयुक्त बयान जारी गर्दै सीमामा सैनिकहरूको संख्या नबढाउन र एकतर्फी रूपमा स्थिति परिवर्तन नगर्न दुई पक्षबीच सहमति बनेको थियो । 

तर चार महिनापछि पहिलेकै जस्तो स्थिति बनेको छ ।यी चिनियाँ सैनिकको संख्या बढेपछि सीमामा भारतले पनि सैन्य संख्या बढाएको छ । एजेन्सी
 

शीर्ष समाचार

धेरै पढिएको