February 28, 2021, Sunday
२०७७ फाल्गुन १६, आईतवार

ट्रम्पविरुद्ध महाअभियोगको सुनुवाई ८ फेब्रुअरीबाट शुरु हुने

वासिङ्टन, अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध सीनेटमा महाअभियोगको सुनुवाई ८ फेब्रुअरीबाट शुरु हुने भएको छ ।

सीनेटका बहुमत नेता चक शूमरले शुक्रवार सो कुराको घोषणा गरेका हुन् । उनले महाअभियोग प्रक्रियाको रुपमा सोमवार हाउस अफ रिप्रजन्टेटिभ्ज द्वारा औपचारिक रुपमा महाअभियोग लेखेर बुझाउने बताए ।

ट्रम्पविरुद्ध ६ जनवरीमा क्यापिटल हिलमा भएको हिंसाका लागि आफ्ना समर्थकलाई भड्काएको आरोप छ । २६ जनवरीबाट यो प्रक्रिया शुरु गरिने बताइएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको