May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

चिनको सुन खानीमा फसेको १४ दिनपछि ११ जना कामदारको उद्वार

  • 22
    Shares

काठमाडौं, चीनको सुन खानीमा फसेका एघार जना कामदारलाई दुई हप्तापछि उद्धार गरिएको छ ।

खानीमा फसेकामध्ये पहिलो व्यक्तिलाई माथि ल्याइँदा त्यहाँ खटिएका कामदारहरु खुसी भएका छन् । ती व्यक्तिको आँखाको ज्योति नगुमोस् भनेर पट्टी बाँधिएको थियो ।

उद्धार गरिएकाहरू उद्धारकर्मीसँग सम्पर्क स्थापित गरेर सानो सुरुङमार्फत औषधि र खाना प्राप्त गरिरहेका समूहमा पर्थे ।

गत १० जनवरीमा सान्दोङ प्रान्तमा रहेको हुशन सुन खानीमा भएको विस्फोटपछि खानीको प्रवेशद्वार बन्द हुँदा उनीहरु जमिनभन्दा ६०० मिटर तल फसेका थिए ।

खानीबाट माथि ल्याइएकाहरू ‘निकै कमजोर’ रहेकाले उनीहरुको उपचारका लागि अस्पताल पठाइएको छ ।

विस्फोटमा २२ जना कामदार खानीमा फसेका थिए, विस्फोटको कारणबारे भने थाहा भइसकेको छैन । विस्फोटमा कम्तीमा एक जनाको ज्यान गएको र बाँकी १० जना जीवित छन् कि छैनन् भन्नेबारेमा पनि स्पष्ट भइसकेको छैन ।

शीर्ष समाचार

धेरै पढिएको