May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

भारतमा कोरोना संक्रमितको संख्या १ करोड छ लाख ५४ हजार नाघ्यो

  • 10
    Shares

नयाँदिल्ली, भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या शनिबारसम्म एक करोड छ लाख ५४ हजारभन्दा बढी पुगेको छ ।

गत २४ घण्टाको अवधिमा भारतमा १४ हजार ८४९ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड छ लाख ५४ हजार ५३३ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जनाएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १५५ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५३ हजार ३३९ जना पुगेको छ ।

मन्त्रालयको पछिल्लो विवरण अनुसार भारतमा एक करोड तीन लाख १६ हजारभन्दा बढी व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा एक लाख ८४ हजार ४०८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

भारतमा एक साता अघिदेखि कोभिड –१९ विरुद्धको खोप कार्यक्रम शुरु भईसकेको छ । भारतको राष्ट्रिय राजधानी दिल्लीमा शनिबार १९७ जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको र १० जनाको मृत्यु भएको छ ।

भारतमा कोभिड-१९ शुरु भएयता भाइरस सङ्क्रमणको कारण दिल्लीमा १० हजार ७९९ को मृत्यु भइसकेको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको