May 6, 2021, Thursday
२०७८ बैशाख २३, बिहीबार

भारतको उत्तराखण्डमा १९ वर्षीया किशोरीलाई आज एक दिनका लागि मुख्यमन्त्री बनाइयो

  • 14
    Shares

उत्तराखण्ड, भारतको उत्तराखण्ड राज्यमा १९ वर्षीया किशोरीलाई आज एकदिनका लागि मुख्यमन्त्री बनाइएको छ । राष्ट्रिय बालिका दिवसका अवसरमा उनलाई उत्तराखण्ड बाल संरक्षण आयोगको पहलमा मुख्यमन्त्री बनाइएको हो ।

प्रतिकात्मक रूपमा हुने कार्यक्रम अन्तर्गत उनले बाल विधानसभा सत्रमा मुख्यमन्त्रीका रुपमा सरकारको र अन्य विभागहरुको कामको बारेमा जानकारी लिनेछिन् ।

यसक्रममा उनलाई मुख्यमन्त्रीकै रुपमा मानेर सरकारका विभागीय प्रमुखले आ–आफ्नो कामको प्रस्तुति दिनेछन् । उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत पनि यस कार्यक्रममा सहभागी हुनेछन् ।

सृष्टिले सामाजिक सन्जालमार्फत आफूलाई एक दिनको मुख्यमन्त्री बन्ने अवसर प्राप्त भएकोमा खुसी व्यक्त गरेकी छिन् ।

राज्यको हरिद्वार जिल्लास्थित दौलतपुर गाउँकी सृष्टि गोस्वामी एक दिनका लागि उत्तराखण्डको मुख्यमन्त्री बनेकी हुन् । कृषि विषयमा स्नातक गरिरहेकी सृष्टीका पिता गाउँमा सामान्य पसल चलाउँछन् । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको