May 12, 2021, Wednesday
२०७८ बैशाख २९, बुधबार

सीमा विवादबारे आज चीन र भारतबीच नवौं चरणको वार्ता हुँदै 

  • 5
    Shares

काठमाडौं, भारत र चीनबीच आज सीमा विवादबारे वार्ता हुँदैछ । दुई महिनासम्म चलेको उच्चस्तरीय सैन्य संवाद लगत्तै आइतबार नवौं चरणको वार्ता हुन लागेको हो ।


वार्तामा भारततर्फबाट एक्सआईभी कोर्पसका कमान्डर लेफ्टिनेन्ट जनरल पीजीके मेनन र चीनतर्फ दक्षिण सिनजियाङ सैन्य क्षेत्रका कमान्डर मेजर जनरल लियु लिनबीच हुनेछ ।

बैठक सीमा नजिक चीनतर्फको भूभाग चुङ्सुलमा हुनेछ । विदेश मन्त्रालयका केही प्रतिनिधिहरु पनि बैठकमा सहभागी हुने बताइएको छ ।

यसअघि डिसेम्बरमा भएको वार्तामा वास्तविक नियन्त्रण रेखामा देखिएका सबै तनाव हटाउन सैनिक फिर्ता गर्ने सहमति भएको थियो ।

चीनले सीमाबाट सैनिक नहटाएसम्म भारतले पनि नहटाउने जिकिर गरेका कारण त्यसको कार्यान्वयन हुन सकेको छैन । दुई देशविच नौ महिनादेखि पूर्वी लद्दाखमा तनाव छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको