April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार

एरिजोनामा टुरिस्ट बस पल्टिँदा एकको मृत्युु, दुई जना गम्भीर घाइते

क्यानयोन, एरिजोनामा ग्रान्ड क्यानयोन जाँदै गरेको टुरिस्ट बस पल्टिँदा एक जनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । सो दुर्घटना उत्तर पश्चिमी एरिजोनामा शुक्रवार दिउँसोतिर भएको मोहाभ काउन्टी शेरिफ कार्यालयले जनाएको छ ।

सो बसमा ४८ जना सवार थिए भने चालकको मृत्यु भएको हो । दुई जनालाई हेलिकप्टरबाट उद्वार गरि उपचारका लागि किंगम्यान क्षेत्रीय मेडिकल सेन्टरमा लगिएको थियो । अन्य ४५ जनालाई भने सामान्य चोटपटक लागेको र उनीहरुको उपचारका लागि अस्पताल पुर्‍याइएको एरिजोनाका स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।

उक्त घटनामा कुनै अन्य गाडीहरू संलग्न थिए कि थिएन भन्ने अझै अज्ञात रहेकोे त्यहाँका स्थानीय प्रहरीले बताएका छन् । दुर्घटनाको वास्तविक कारण भने अझै खुलेको छैन । दुर्घटनाग्रस्त बस लास भेगासबाट आएको थियो र राष्ट्रिय निकुञ्ज बाहिर अवस्थित ग्रान्ड क्यानयोन पश्चिमतर्फ जाँदै गरेको बताइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको