May 12, 2021, Wednesday
२०७८ बैशाख २९, बुधबार

पाकिस्तानमा टिकटक बनाउँदै गर्दा रेलको ठक्करबाट १८ वर्षिय युवाको मृत्यु

  • 27
    Shares

इस्लामबाद, पाकिस्तानको राजधानी इस्लामबाद नजिकैको रावलपिंडि शहरमा शुक्रबार टिकटक बनाउने क्रममा एक युवाको मृत्यु भएको छ ।

टिकटक स्टन्टको लागि रेलको ट्र्याकमा हिंडिरहेको भिडियो बनाउने क्रममा पछाडीबाट रेलले ठक्कर दिएपछि १८ वर्षिय हम्जा नावेदको मृत्यु भएको हो ।

स्थानिय उद्वार एजेन्सी प्रवक्ता राजा रफाकात जमानका अनुसार टिकटक भिडियोका लागि रेल ट्र्याकमा हिडिरहेका बेला चलिरहेको रेलले नावेदलाई पछाडीबाट ठक्कर दिएको हो ।

उनका अनुसार घटनाको जानकारी पाउनसाथ उद्वारकर्मीको टोली घटनास्थल पुगेको थियो । तर उनिहरु पुग्दा नावेदको घटनास्थलमै मृत्यु भैसकेको थियो ।

मृतकका साथीहरूले उद्धारकर्मीहरूलाई भने, “उनले यो भिडियो टिकटोक र अन्य सोशल मिडिया अकाउन्टमा पोष्ट गर्नका लागि अभिनय प्रस्तुत गर्दै थिए” जामानले भने ।

स्थानीय स्टेशनका एक प्रहरी अधिकारीले दुर्घटना र अन्य विवरणहरूको पुष्टि गरेका छन् । अन्य देशहरूमा जस्तै सेल्फी लिने र विभिन्न भिडियो सोशल मिडियाका लागि बनाउने क्रेज पाकिस्तानमा पनि लोकप्रिय छ ।

धेरै युवाहरुले आफ्नो फेसबुक, ट्विटर र टिकटक अकाउन्टमा अपडेट गर्न यस्ता विभिन्न फोटो तथा भिडियो पोष्ट गर्ने गरेको सो प्रहरी अधिकारीले बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको