May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

बेलायतमा देखिएको नयाँ प्रजातिको कोरोना पहिलेभन्दा धेरै घातक: प्रधानमन्त्री जोनसन

काठमाडौं, बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसको नयाँ प्रजातिको संक्रमण पहिलेको भन्दा धेरै खतरनाक भएको बताएका छन् । शुक्रबार डाउनिङ स्ट्रिटमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले त्यस्तो बताएका हुन् ।

वैज्ञानिकहरुले कोरोनाको नयाँ प्रकार पहिलेभन्दा ७० प्रतिशत संक्रामक भएको बताइरहँदा प्रधानमन्त्री जोन्सनले यस भाइरस पहिलेभन्दा घातक भएको बताएका हुन् ।

प्रधानमन्त्री जोन्सनले भने,‘यो भाइरस पहिलेको भन्दा धेरै नै खतरान छ त्यसैले सबै नागरिकले पहिलेको भन्दा पनि अझ बढी सुरक्षा मापदण्डहरु अपनाउनुपर्छ।’ हाल बेलायतमा देखिएको नयाँ प्रकारको भाइरस ६० भन्दा बढी देशमा पुगिसकेको छ।

बेलायतका स्वास्थ्यसम्बन्धी अधिकारीहरुले बेलायतमा कोरोना भाइरसको सङ्क्रमण सुरु भएदेखि अहिलेका केही हप्ता यता धेरै जनाको ज्यान जान थालेको बताउने गरेका छन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको