March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

अफगानिस्तानमा सुरक्षा कारबाहीमा परी कम्तीमा सोह्र तालिबान लडाकू मारिए

काठमाडौं, अफगानिस्तानमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा सोह्र लडाकू मारिएका छन् ।

अफगानिस्तानको पूर्वी भागमा रहेको नान्गार्हार प्रान्तमा अवस्थित शिर्जाद र खोगीआनी जिल्लामा तालिबान लडाकू लुकेर बसेको इलाका लक्षित भएको सुरक्षा कारबाहीमा परी कम्तीमा सोह्र लडाकू मारिएका प्रान्तीय सरकारद्वारा शुक्रबार प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ ।

बिहीबार राति जारी गरिएको यक विज्ञप्तिका अनुसार खोगीआनी जिल्लाको आक्रम खिल क्षेत्र र शिर्जाल जिल्लाको हासिम खिल क्षेत्रमा गरिएको कारबाहीको क्रममा तालिबानका पाँच कमाण्डर पनि मारिएका जनाएको छ ।   
 
कारबाहीको क्रममा तालिबान लडाकू लुकेर बसेको आखाडा र उनीहरुको जाँच चौकीलाई पनि ध्वस्त परेको जनाइएको छ ।  

पछिल्लो दुई दशकदेखि हिंसा, हत्या र आतङ्कको चपेटामा परेको अफगानिस्तानमा पटक पटक  शान्ति वार्ताको प्रयास थालिए पनि दिनहुँ राजनीतिक प्रेरित हत्या र हिंसाका घटना कायम नै छ ।

तालिबानी समूहले अहिले पनि सन् २००१ मा अमेरिकी नेतृत्वमा भएको आक्रमणबाट तालिबान शासन पतन हुँदाको अवस्थाकै शासकीय संरचना चाहेका छन् ।

तर अफगान सरकारका वार्ताकारले स्थायी युद्धबिराम र हालको शासकीय प्रणाली यथावत् राख्न विशेष रुपमा जोड दिँदै आएका र हाल पनि सरकारको मुख्य एजेन्डा सोही रहेको छ । 

गतवर्ष फेब्रुअरीमा तालिबान र अमेरिकाबीच अफगानिस्तानमा तैनाथ अमेरिकी सेनाको संख्या कटौती गर्ने र सन् २०२१ को मे महिना भित्रै सबै सैनिक फिर्ता गरिसक्ने सम्झौता भएको थियो । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको