May 18, 2021, Tuesday
२०७८ जेष्ठ ४, मंगलवार

कोरोना खोप उत्पादन गर्ने भारतको सेरम इन्स्टिच्युटमा आगलागी

  • 40
    Shares

पुने, भारतको पुनेस्थित मन्ज्री क्षेत्रमा रहेकाे सेरम इन्स्टिच्युटको उद्योगमा आगलागी भएको छ । ठूलो मात्रामा लागेको आगो नियन्त्रणको कार्य भइरहेकाे छ ।

बिहीबार निर्माण कार्यको क्रममा आगलागी सुरु भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । भारतीय मिडियाका अनुसार अहिले आगलागी नियन्त्रणमा लिन दमकल सहित ठूलो संख्यामा अग्नी नियन्त्रकहरु खटिएका छन् । इन्स्टिच्युटमा आगलागी वास्तविक कारण भने हालसम्म कुनै विवरण आएको छैन ।

यस घटनाले कोभिशिल्ड खोप उत्पादनको काममा असर पुग्ने सम्भावना नभएको बताइएको छ । उक्त इन्स्टिच्युटले बेलायतको अक्सफोर्ड विश्वविदयालय र बेलायती स्वीडीस औषधि कम्पनी अष्ट्राजेनेकासँग मिलेर खोप उत्पादन गरिरहेको छ ।

भारतको उक्त इन्स्टिच्युट विश्वकै सबैभन्दा ठूलो खोप उत्पादकको रुपमा चिनिएको छ । जुन इन्स्टिच्युट पुनेस्थित एक सय एकड जमिनमा फैलिएको छ । आगलागी भएको मन्जरी कम्प्लेक्स खोप उत्पादन स्थलबाट केही मिनेटको दूरीमा पर्ने बताइएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको