May 6, 2021, Thursday
२०७८ बैशाख २३, बिहीबार

बेलायतमा कोरोना संक्रमणबाट एकैदिन १ हजार ८२० जनाको मृत्यु

काठमाडौं, बेलायतमा कोरोना भाइरसको संक्रमणबाट एकैदिनमा १ हजार ८२० जनाको! मृत्यु भएको छ । बेलायतमा योसँगै बुधबारसम्ममा ९३ हजार २९० जनाको कोरोना भाइरसबाट निधन भएको छ ।

बेलायतका स्वास्थ्य अधिकारीहरुका अनुसार बेलायतमा बुधबार मात्र कोरोना संक्रमणबाट यति धेरै नागरिकको मृत्यु भएको हो ।

बेलायतका स्वास्थ्यसम्बन्धी अधिकारीहरुले बेलायतमा कोरोना सङ्क्रमण शुरु भएयता एकैदिन धेरै नागरिकको मृत्यु भएको यो पहिलो पटक भएको बताइएको छ ।

उनीहरुले पछिल्लो समयमा बेलायतमा कोरोना भाइरसका सङ्क्रमितहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको पनि बताएका छन् । बेलायतबाटै शुरु भएको कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको छ ।

विश्व स्वास्थ्य संगठनले बुधबार दिएको जानकारीअनुसार सो भाइरस यो हप्तामा मात्र विश्वका १० वटा देशमा पुगेको हो । उक्त संगठनले महामारीको यो स्वरुप दिन प्रतिदिन नयाँ नयाँ देशमा पुगिरहेको छ ।

यसैगरी बेलायतमा बुधबारमात्र पनि ३८ हजार ९०५ जना नागरिकमा कोरोना संक्रमण देखिएको छ । यस्तै बेलायतमा कोरोना संक्रमितको संख्या ३५ पुगेको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको