April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार

औपचारिक रुपमा डोनाल्ड ट्रम्पले छोडे ह्वाइट हाउस

काठमाडौं, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस औपचारिक रुपमा छाडेका छन् । ट्रम्प हेलिकप्टरमा म्यारिल्यान्डको जोइन्ट बेस एन्ड्र्यु पुगेको सीएनएनले जनाएको छ । त्यहाँ उनले अन्तिम विदाई समारोहमा सम्बोधन गर्नेछन् ।

ट्रम्प ह्वाइट हाउसबाट हेलिकप्टरमा बाहिरिएका थिए । उनको अन्तिम विदाई समारोहमा उपराष्ट्रपति माइक पेन्स भने उपस्थित हुने छैनन् ।

अमेरिकाको ४६औं राष्ट्रपतिका रूपमा बुधबार ७८ वर्षीय जो बाइडेनले शपथ ग्रहण गर्दैछन् । बुधबार मध्यान्न सपथग्रहण समारोह आयोजना छ । उक्त कार्यक्रममा ट्रम्प उपस्थित नभएपनि उपराष्ट्रपति पेन्सभने उपस्थित हुने भएका छन् ।

ट्रम्प बाइडेनको शपथ ग्रहणका बेला फ्लोरिडाको निवासमा हुने बताइएको छ । कार्यकाल सकिन लागेका राष्ट्रपति डोनाल्ड ट्रम्प नोभेम्बरमा सम्पन्न राष्ट्रपतिको निर्वाचणको मत परिणामदेखि सन्तुष्ट छैनन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको