January 24, 2021, Sunday
२०७७ माघ ११, आईतवार

भारतमा कोरोना सङ्क्रमितको संख्या एक करोड पाँच लाख १२ हजार नाघ्यो

  • 3
    Shares

नयाँदिल्ली, भारतमा कोरोना संक्रमितको संख्या बिहीबारसम्म एक करोड पाँच लाख १२ हजार नाघेको छ ।

बितेको २४ घण्टामा भारतमा १६ हजार ९४६ नयाँ सङ्क्रमित फेला परेसँगै कोरोना सङ्क्रमितको संख्या एक करोड पाँच लाख १२ हजार ९३ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोना सङ्क्रमणको कारण १९८ जनाको मृत्यु भएसँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ५१ हजार ७२७ जना पुगेको छ ।

मन्त्रालयको पछिल्लो विवरण अनुसार भारतमा एक करोड एक लाख ४६ हजारभन्दा बढी व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा दुई लाख १३ हजार ६०३ सक्रिय सङ्क्रमित रहेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको