January 26, 2021, Tuesday
२०७७ माघ १३, मंगलवार

पाकिस्तान र चीन मिले भारतविरुद्ध खतरा उत्पन्न गराउन सक्छ: नरवणेले 

  • 14
    Shares

नयाँदिल्ली, भारतका सेना प्रमुख जनरल एमएम नरवणेले पाकिस्तान र चीन मिलेर आफ्नो देशविरुद्ध खतरा उत्पन्न गराउन सक्ने आशंका व्यक्त गरेका छन् ।

भारतीय पत्रिका जनसत्तामा प्रकाशित खबरअनुसार सेना दिवसअघि राष्ट्रिय सुरक्षा चुनौतीबारे पत्रकारसँग कुरा गर्दै जनरल नरवणेले चीन र पाकिस्तान दुवैले भारतप्रति कपटपूर्ण सोच राखेको आरोप लगाएका हुन् ।

उनले भने, ‘पाकिस्तान र चीन मिलेर गम्भीर खतरा बनेको छ, उनीहरूको कपटपूर्ण सोचबाट हुने खतरा नजरअन्दाज गर्न सकिन्न ।’

सेना प्रमुखले भारत दुई मोर्चामा देखिएको खतरा सामनाका लागि तयार हुनुपर्ने बताएका छन् । उनले चीन र पाकिस्तानबीच सैनिक तथा गैरसैनिक क्षेत्रमा सहयोग बढिरहेको दाबी गरे ।


उनले भने, ‘भूराजनीतिक घटनाक्रम र खतराका आधारमा आफ्नो तयारी परिवर्तन गरिरहनेछौं ।’ उनले भारत र चीनबीच सीमामा जारी तनाव कम गर्ने विषयमा समझादारी कायम हुने विश्वास पनि व्यक्त गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको