January 17, 2021, Sunday
२०७७ माघ ४, आईतवार

अमेरिकामा एकैदिन २ लाखभन्दा बढीमा कोरोना पुष्टि, १ हजार ७३१ जनाको मृत्यु 

  • 13
    Shares

वासिङ्टन, अमेरिकामा एकैदिन २ लाखभन्दा बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

जोन्स होप्किन्स विश्वविद्यालयका अनुसार सोमबार मात्रै अमेरिकामा २ लाख ४ हजार ६ सय ५२ जनामा कोरोना पुष्टि भएको हो ।

सोमबार कोरोना संक्रमणबात १ हजार ७ सय ३१ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ७६ हजार नाघेको छ भने २ करोड २६ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।


पछिल्ला ७ दिनमा अमेरिकामा लगातार २ लाखभन्दा बढीमा कोरोना पुष्टि भएको छ । पछिल्लो हप्तामा मात्रै अमेरिकामा १७ लाखभन्दा बढीमा कोरोना संक्रमण भएको र करिब २० हजारको मृत्यु भएको सीएनएनले जनाएको छ ।

सीएनएनका अनुसार कोरोना महामारीबाट विश्वमै सबैभन्दा बढी प्रभावित अमेरिकामा कोरोनाविरुद्ध दुई वटा खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिइएको छ ।

मोडर्ना र फाइजर–बायोएनटेकको गरी अमेरिकामा २ करोड ५४ लाखभन्दा बढी डोज कोरोना खोप वितरण भइसकेको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको