January 20, 2021, Wednesday
२०७७ माघ ७, बुधबार

चीनले पूर्वी लद्दाखबाट दश हजार सेनालाई हटायो

  • 14
    Shares

काठमाडौं, चीनले पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा एलएसीको नजिकैका क्षेत्रबाट आफ्ना दश हजार सेनालाई हटाएको छ ।

एएनआईलाई उदृत गर्दै द हिन्दुले प्रकाशित गरेको समाचारअनुसार चीसो अत्यधिक बढेपछि चीनले आफ्नो सेनालाई पछाडि बोलाएको हो ।

चिनियाँ सेनाले उक्त क्षेत्रमा सैन्य अभ्यास गर्दै आएका थिए। यद्यपी अझैपनि सो क्षेत्रमा चिनियाँ सेनाहरु भने तैनाथ नै रहेको बताइएको छ ।

झन्डै डेढ सय किलोमिटरको उक्त इलाका भारतको एलएसीसँग पनि जोडिएको छ । गतवर्षको मे महिनायता भारत र चीनबीच सीमा विवाद भड्किएको छ ।

त्यसयता चीनले सो क्षेत्रमा हतियारहरु पनि तैनाथ गरेको बताइन्छ । चिनियाँ तयारी देखेर भारतले पनि हाल एलएसीमा ५० हजार सेनाहरु तैनाथ गरेको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको