January 20, 2021, Wednesday
२०७७ माघ ७, बुधबार

कोरियाली वर्कर्स पार्टीको महासचिवमा नेता किम निर्वाचित

  • 6
    Shares

काठमाडौं, उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उन सत्तारूढ दल वर्कर्स पार्टीको महासचिवमा निर्वाचित भएका छन् । पार्टीको महासचिवका रुपमा यसअघि उनका बुबा र त्योभन्दा अगाडि हजुरबुबाले नेतृत्व प्रदान गरेका थिए ।

पार्टीको आठौं अधिवेशनले किमलाई महासचिवमा निर्वाचित गरेको राज्यद्वारा सञ्चालित कोरियाली समाचार संस्थाले सोमबार जानकारी दिएको छ ।

पार्टीको महाधिवेशन र बैठकले किमलाई महासचिव बनाउने विषयमा सर्वसम्मत निर्णय गरेको बताइएको छ ।

उत्तर कोरियाको सर्वोच्च नेता उत्तर कोरियाली सेनाको सर्वोच्च कमान्डरसमेत रहने व्यवस्था छ । त्यसबाहेक उनी राज्यका अरू पनि धेरै प्रमुख जिम्मेवारीमा रहेका छन् ।

उनले केही समयअघि पार्टीको अर्को शक्तिशाली जिम्मेवारी आफ्नै बहिनीलाई दिएका थिए । सत्तारूढ दलमा उनको परिवारको दबदबा रहेको छ ।

उत्तर कोरियाको वर्कर्स पार्टीको महासचिवमा निर्वाचित भएकोमा किमलाई चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा चिनियाँ राष्ट्रपति सी चिनफिङले बधाई दिएका छन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको