January 23, 2021, Saturday
२०७७ माघ १०, शनिबार

राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव पेश 

  • 5
    Shares

वासिङ्टन, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव पेश गरिएको छ ।

गत साता अमेरिकाको संसद् भवनमा हिंसात्मक हमला ट्रम्पकै उक्साहटमा भएको आरोपमा सोमबार उनीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरिएको हो ।


डेमोक्रेटिकाहरुले अमेरिकी संसद्मा राखेको प्रस्तावमा डोनल्ड ट्रम्पबाट राष्ट्रपतीय शक्ति खोस्न उपराष्ट्रपति माइक पेन्स र बाँकी मन्त्रिमण्डललाई आग्रह गरिएको छ ।

तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले ट्रम्पका कारण अमेरिकी प्रजातन्त्र र संविधानमाथि तत्काल खतरा रहेको बताएकी छन् । महाभियोग प्रस्तावमा छलफल र मतदानका लागि बुधबार तल्लो सदनको बैठक बस्नेछ ।

नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले यही जनवरी २० मा सत्ता सम्हाल्दै छन् । त्यसको नौ दिनअघि ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरिएको हो । राष्ट्रपति ट्रम्पविरुद्ध एकै कार्यकालमा दोस्रोपटक महाभियोग लगाइएको हो ।

तल्लो सदनबाट लगाइएको महाभियोगबारे माथिल्लो सदन सिनेटमा सनुवाइ हुनेछ । त्यहाँबाट महाभियोग प्रस्ताव पारित हुन दुईतिहाइ मत आवश्यक हुन्छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको