January 17, 2021, Sunday
२०७७ माघ ४, आईतवार

कोरोना उत्पत्तिबारे अध्ययन गर्न ‘डब्लूएचओ’ को टोली बिहीबार चीन पुग्ने

  • 10
    Shares

काठमाडौं, कोरोना भाइरसको उत्पत्तिबारे अध्ययन गर्न विश्व स्वास्थ्य संगठन ‘डब्लूएचओ’को टोली बिहीबार चीन पुग्ने भएको छ । चीनले बिहीबार टोली आफ्नो देश आइपुग्ने जानकारी गराएको हो ।

सुरुवातमा चीनले डब्लूएचओको टोलीलाई आफ्नो भूमिमा कोरोना अध्ययनका लागि बन्देज लगाएको थियो । तर पछि भने उसले आफ्ना देशका विज्ञहरु समेत सहभागि हुने गरी डब्लुएचओको टोलीलाई कोरोना भाइरसको उत्पतिका विषयमा अध्ययन गर्न स्वीकृति प्रदान गरेको थियो ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले ‘डब्लूएचओ’को टोलीलाई सहयोग गर्ने बताइएको छ । चीनमाथि कोरोना भाइरस संक्रमण लुकाएको आरोप लाग्दै आएको छ । कोरोना संक्रमण चीनको वुहाउवाट फैलिएको विश्वास गरिएको छ । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको