इन्डोनेशिया विमान दुर्घटना: विमानमा सवार सबैको मृत्यु भएको आशंका

जर्कता, इन्डोनेशियामा शनिबार भएको श्रीविजाया एयरको विमान दुर्घटना भएको ठाउँ पत्ता लागेको छ ।
६२ जना सवार बोइङ ७३७ विमान जकार्ता नजिकको टापु आसपासमा दुर्घटनामा परेको खुलेको हो । दुर्घटनास्थलबाट विमानका केही टुक्रा फेला परेका छन् ।
विमानमा १२ बालबालिकासहित ५० यात्रु र चालक दलका १२ सदस्य थिए । विमान २७ वर्ष पुरानो भएको बताइएको छ ।

विमानका भग्नावशेषझैँ देखिने तस्बिरहरू टेलिभिजन र सामाजिक सञ्जालमा पनि सार्वजनिक भएका छन् । विमान दुर्घटना भएको क्षेत्रमा १० भन्दा बढि पानी जहाज खोजीका लागि खटिएका छन् ।
राजधानी जकार्ताबाट पोन्तिएनाकका लागि उडेको उडेको केहीबेरमै विमान दुर्घटनामा परेको हो ।
प्रत्यक्षदर्शीहरूले कम्तिमा एउटा विष्फोटन भएको देखेको बताएका छन् । उडान भरेको चार मिनेटपछि नै विमान राडारबाट हराएको थियो ।एजेन्सी
प्रतिकृया दिनुहोस्