इन्डोनेसियामा ६ बालबालिकासहित ५९ यात्रु लिएर उडेको विमान दुर्घटनाग्रस्त

जकार्ता, इन्डोनेसियाको श्रीविजवा विमान शनिबार यात्रुसहित उडेको केही समयमा नै दुर्घटनाग्रस्त भएको छ ।
इन्डोनेसियाको राजधानी जकार्ताबाट छ बालबालिकासहित ५९ यात्रु लिएर उडेको श्रीविजया एअर बोइङ ७३७ विमान देशको पश्चिमी कालिमान्तन प्रान्तको पोन्टिआनक जाने क्रममा दुर्घटनाग्रस्त भएको हो ।
उडानको विवरण राख्ने वेवसाइट फ्लाइटरडारडटकमका अनुसार एक मिनेटभन्दा कम समयमा सो विमान तीन हजार मिटर तल झरेको बताइएको छ ।
स्थानीयहरूले केही व्यक्तिहरू पानी तैरिइरहेको देखिएको उनीहरू जीवित हुने आशा क्षीण रहेको साथै ती विमानका यात्रु रहेको हुनसक्ने बताएका छन् ।
विमानका भग्नावशेषझैँ देखिने तस्बिरहरू स्थानीय टेलिभिजन र सामाजिक सञ्जालमा देखाइएको छ तर ती वेपत्ता विमानका नै भग्नावशेष हुन् भनी पुष्टि गर्ने कुनै प्रमाण भेटिएको छैन ।
राजधानी जकार्ताबाट उडेको उक्त विमानसँग अन्तिमपटक स्थानीय समय अनुसार २ बजेर ४० मिनेट जाँदा सम्पर्क भएको बताइएको छ ।एजेन्सी
प्रतिकृया दिनुहोस्