अमेरिकामा जोकोही राष्ट्रपति भएपनि वासिङ्टन र उत्तर कोरियाप्रतिको नीति परिवर्तन नहुने

काठमाडौं, उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकालाई सबैभन्दा ठुलो दुश्मन भएको बताएका छन् ।
उनले अमेरिकामा जोकोही राष्ट्रपति भएपनि वासिङ्टनको उत्तर कोरियाप्रतिको नीति परिवर्तन हुने आशा गर्न नसकिने समेत बताएका हुन् । नेता किमले अमेरिका उत्तर कोरियाको प्रगतिको प्रमुख बाधक समेत भएको टिप्पणी गरेका छन् ।
उत्तर कोरियाको सत्तारुढ वर्कश पार्टीको कँग्रेसलाई सम्बोधन गर्दै किमले आणविक र सैन्य क्षमता वृद्धि गर्ने समेत दृढता व्यक्त गरेका छन् । आणविक पनडुब्बीको योजना पनि अन्तिम अवस्थामा पुगिसकेको बताए ।
अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको ठाउँमा जो वाइडेन आउँदै गर्दा किमको यस्तो भनाई सार्वजनिक भएको हो । एजेन्सी
प्रतिकृया दिनुहोस्