January 24, 2021, Sunday
२०७७ माघ ११, आईतवार

महाराष्ट्रस्थित एक अस्पतालमा आगोलागी हुँदा दश नवजात शिशुको मृत्यु 

  • 5
    Shares

काठमाडौं, भारतको महाराष्ट्रस्थित एक अस्पतालमा
शनिबार आगो लाग्दा जलेर दश नवजात शिशुको मृत्यु भएको छ । शिशुलाई विशेष रेखदेख गर्ने अस्पतालको नवनिर्मित आईसीयुमा आगलागी भएको हो ।

महाराष्ट्रको भण्डारा जिल्ला अस्पतालमा विहान दुई बजे भर्खरै जन्मेको शिशुको हेरचाह गर्ने कक्षमा आगलागी भएको हो । आगलागी भएको समयमा अस्पतालमा १७ जना शिशुहरू राखिएका थिए ।

आगो लाग्दै गर्दा सात नवजात शिशुलाई सुरक्षित उद्धार गरिएको प्रहरीले जनाएको छ । मृतक सबै शिशु एक महिनादेखि तीन महिनासम्मका भएको बताइएको छ । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको