
काठमाडौं, टेस्ला कम्पनीका मुख्य कार्यकारी अधिकारी (सीईओ) इलोन मस्क संसारका सबभन्दा धनी व्यक्ति बनेका छन् । उनले अमेजनका मालिक जेफ बेजोसलाईसमेत पछि पारेका हुन् ।
मस्कको नेटवर्थ १८८ अर्ब डलरभन्दा बढी छ भने बेजोसको १८७ अर्ब डलर छ । टेस्लाको शेयरमा भएको निरन्तर वृद्धि भएकाले उनी धनी बनेका हुन् ।
इलेक्ट्रिक कार बनाउने टेस्ला कम्पनीका मालिक मस्कलाई ब्लूमबर्गले जारी गरेको ५०० जना अर्बपतिको सूचीमा पहिलो स्थान प्राप्त भएको छ ।
सन् २०२० मा लगभग २७ अर्ब डलर सम्पत्तिका साथ वर्ष शुरू गरेका मस्कले तीव्र गतिमा १५० अर्ब डलरभन्दा बढी रकम थपे । इतिहासमै यति छिटो कसैले सम्पत्ति जोडेको छैन । एजेन्सी






