
वासिङ्टन, निर्वाचित राष्ट्रपति जो बाइडेनलाई कंग्रेसमा प्रमाणित गर्ने विरोधमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले सदनमा तोडफोड गरि भित्र पसेपछी सदन भित्र र बाहिर गोली चल्दा दुई महिला र दुई पुरुष गरि ४ जनाको निधन भएको छ ।
दुई महिला र दुई पुरुष मध्येहरुको पहिचान भै सकेको छ । प्रहरीका अनुसार सदन भित्र गोली लाग्ने ३५ बर्षिय महिला क्यालिफोर्निया सान डिएगोकी आश्ली बाबिट ,जर्जिया केनेसका ३४ बर्षिय रोसेन ब्वाईल्याण्ड ,अलाबामा एथेन्सका ५५ बर्षिय केभिन ग्रिनसन तथा पेंसेलभेनिया रिङ्गटाउनका ५० बर्षिय बेन्जामिन फिलिप्स रहेको पुष्टि भएको छ ।
उक्त झडपमा ५५ जनालाई पक्राउ गरिएको र कम्तिमा डिसी महानगर प्रहरी बिभागका १३ जना सुरक्षाकर्मी घाइते भएको महानगर प्रहरीले जनाएका छन ।
प्रहरीले बम बनाउने नली(पाईप)समेत हुलदुंगाकारीबाट जफत गरेका थिए । प्रहरीका अनुसार उनीहरुले डेमोक्रयाटिक राष्ट्रिय समिति र रिपब्लिकन राष्ट्रिय समितिका कार्यालय अगाडी दुई वटा नली बम फेला पारेका र त्यसलाई निस्क्रिय बनाएका थिए ।
सदन कै मैदानमा लामो बन्दुक समेत फेला पारिएको थियो । जो बाइडेनलाई आगामी राष्ट्रपतिबाट बन्चित गरिने उद्धेश्यले ट्रम्पद्वारा संचालित हिंसात्मक भिडमा सदन भित्र छिरेकी एक महिलाको गोली लागि दिउँसै मृत्यु भएको थियो ।
अन्य एक महिला र दुई पुरुषको निधन सदन बाहिरको मैदानमा गोली लागेको कारण मृत्यु भएको डिसी महानगर प्रहरीले जनाएका छन । कुनै पनि अप्रिय घटना र दुर्घटना नहोस भन्नको लागि सुरक्षा व्यवस्था ज्यादै कडा गरिएको भएता पनि उपद्रव र झडप भएको थियो ।
ट्रम्पले कंग्रेसमा जो बाइडेनलाई अनुमोदन गर्नु अगाडी बिहान सम्बोधन समेत गरेका थिए । उनले आफ्ना समर्थकलाई क्रुर र क्रोधित हुनु भन्ने सन्देश सामाजिक संजालमा राखे पछि उनका समर्थकमा हौसला भएको थियो ।एजेन्सी






