
टोकियो, जापानमा कोरोना भाइरस संक्रमण बढेसँगै संक्रमणको चपेटामा आएको टोकियो र आसपासका तीन प्रिफेक्चरमा आपतकाल घोषणा गरेको छ । जापानी प्रधानमन्त्री योशिहिदे सुगाले बिहिवार जनवरी ८ देखि फेब्रअरी ७ सम्म लागू हुने गरि आपतकाल घोषणा गरेका हुन् ।
आपतकाल लागू भएपछि स्थानीय बासिन्दाहरुलाई घरभित्रै बस्न आग्रह गरेको छ । रेस्टुरेन्ट र बारहरुलाई साँझ ७ बजेदेखि अल्कोहल विक्री वितरण बन्द गर्न र साँझ ८ बजे पसल पूर्ण रुप्मा बन्द गर्न भनिएको छ ।
आपतकाल टोकियो, र आसपासका खानागावा, चिबा र साइतामा प्रिफेक्चरमा लागू हुनेछ । यस्तै कार्यालयमा आएर काम गर्ने कर्मचारीको संख्या ७० प्रतिशत कम गर्ने सरकारी तयारी छ ।
नियमअनुसार पसल बन्द नगर्नेलाई कारबाही गरिनेसमेत चेतावनी दिइएको छ। विश्वविद्यालयका प्रवेश परीक्षाहरु भने यही महिनाको अन्त्यतिर गरिने बताइएको छ । एजेन्सी






