
लण्डन, कोरोना संक्रमण बढेपछि बेलायतमा पुनः लकडाउन घोषणा गरिएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले देशमा कोरोना संक्रमण लगातार बढिरहेको देशव्यापी लकडाउन गरिएको जनाएका छन्। उनले नागरिकलाई घरैमा बस्न अपिल गरेका छन् ।
योसँगै मंगलबारदेखि नै शैक्षिक संस्थाहरु अनलाइनमाध्यमबाटै सञ्चालित हुनेछन् । अत्यावश्यकबाहेकका काममा घरबाट बाहिर ननिस्कन आग्रह गरिएको छ ।
शारीरिक अभ्यास, मेडिकल सहायता र घरेलू हिंसाबाट बच्न भने घरबाट बाहिर निस्कन सक्ने जनाइएको छ । यो प्रतिबन्ध फेब्रुअरीको मध्यसम्म लागू हुने जनाइएको छ ।
जोन्सनले तत्काल देशमा कोभिडको अलर्ट लेभल ५ गर्न सुझाव दिएका छन् । यसको अर्थ तत्काल आवश्यक कदम नचाले एनएचएसको क्षमताभन्दा बढी संक्रमित हुनेछन् ।एजेन्सी






